Logo

बिजनेस होम

निकासी प्रवर्द्धनमा योगदान गरेवापत चेम्बर पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ सम्मानित


GDP Nepal
   २५ भाद्र २०७९, शनिबार


काठमाडौं । नेपाल तयारी पोशाक उद्योग संघले निकासी प्रवर्द्धनमा योगदान गरेको भन्दै नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठलाई सम्मान गरेको छ ।

संघको २८ औं साधारणसभाका अवसरमा आयोजित समारोहमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले श्रेष्ठलाई सम्मान गरेका हुन् ।

श्रेष्ठ चेम्बर नेतृत्वबाट बाहिरिए पनि निकासी क्षेत्रलाई माथि उकास्न अनवरत योगदान गरेको भन्दै सम्मान गरिएको संघका निवर्तमान अध्यक्ष चण्डीप्रसाद अर्यालले बताए ।

तयारी पोशाक उद्योग क्षेत्रलाई बेवास्ता गरेको गुनासो
सरकारले तयारी पोशाक उद्योगलाई बेवास्ता गरेको व्यवसायीहरुले गुनासो गरेका छन् । नेपाल तयारी पोशाक उद्योग संघको २८औं वार्षिक साधारणसभा उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा व्यवसायीले यस्तो टिप्पणी गरेका हुन् ।


कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकावरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले ३०–३५ अघि तयारी पोशाक उद्योगले जति प्राथमिकता पाएको थियो, अहिले त्यो नभएको बताए । ऊबेलाको जस्तै प्राथमिकता र सुविधा दिए यो क्षेत्रले अर्थतन्त्रमा ठूलो योगदान दिन सक्ने उनको भनाइ छ ।

संघका अध्यक्ष चण्डीप्रसाद अर्यालले सरकारी बेवास्ताकै कारण सन् २००१÷०१ ताका वार्षिक ४० करोड अमेरिकी डलर पुगिसकेपोशाक निकासी अहिले नाजुक अवस्थामा पुगेको बताए । संघको तथ्यांक अनुसार सन् २०२०÷२१ मा ५३१९ मिलियन अमेरिकी डलरको तयारी पोशाक निकासी भएको छ ।

नेपालसँगै तयारी पोशाक निर्यात गर्न थालेको बंगलादेशले सन् २०२१ मा ३५ अर्ब डलरको निकासी गरेको र कुल निकासीमा पोशाकको योगदान ८० प्रतिशत रहेको पनि अध्यक्ष अर्यालले बताए । उनले पोशाक उद्योगलाई प्रतिस्पर्धी बनाउन पूर्वाधार बनाइदिन सरकारसँग आग्रह गरे । आफूहरुले माग लिएर जाँदा मन्त्री, प्रधानमन्त्री सबैले सकारात्मक आश्वासन दिने तर कार्यान्वयन गर्ने उनले गुनासो गरेृ ।

 

‘तीनजना प्रधानमन्त्रीले आश्वासन दिए तर कसैले पूरा गरेनन्,’ अर्यालले भने । चेम्बर, नेपाल उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघ जस्ता ठूलो संस्थाले तयारी पोशाक उद्योग क्षेत्रलाई बेवास्ता गरेको अध्यक्ष अर्यालको भनाइ थियो ।

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले नेपाली मुद्रा १० प्रतिशतले वमूल्यन भएको बेला पनि निकासी बढ्न नसक्नु दुखद् पक्ष भएको बताए । खानेतेल निर्यातको आँकडा ठूलो देखिए पनि भ्यालू एड नभएकाले त्यसबाट खासै फाइदा नहुने भएकाले पोशाक क्षेत्रलाई सहुलियत र सुविधा दिएर प्रवद्र्धन गर्नुपर्ने उनले बताए ।

सन् २०२६ पछि नेपालले अल्पविकसित मुलुकले पाउने सुविधा नपाउने भएकाले सम्भाव्य मुलुकसँग द्विपक्षीय सम्झौता गरेर निकासीका लागि बजार सुनिश्चित गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी भएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले निजीक्षेत्रलाई हेर्ने नीति निर्माताको दृष्टिकोण सकारात्मक छैन भन्ने भाष्यलाई गलत साबित गर्ने गरी काम गरिरहेको बताए । ‘तपाईंहरुले विगतको अनुभवको आधारमा भन्नुभएको होला म त्यसलाई गलत साबित गर्न चाहन्छु,’ उनले भने ।

गुनासाका विषयमा सबै बसेर छलफल गर्न आग्रह गर्दै उनले विगतका छलफलका आधारमा केही काम गरेको बताए । चालू वर्षको बजेटमा पनि स्वदेशी उद्योग र निकासी प्रवद्र्धन गर्न अनुदान बढाउने, विद्युत् महसुल छूट दिनेलगायत अन्य विभिन्न कार्यक्रम अघि सारेको उनले बताए । आर्थिक वर्ष शुरु भएको एक महीना २४ दिन मात्र भएकाले पनि नतीजा देखिन बाँकी रहेको मन्त्री बडूको भनाइ छ ।

निर्यात गृहबारे क्याबिनेट समितिमा छलफल भइरहेको जानकारी दिँदै उनले अब सरकार स्वदेशी उद्योग र निकासीमा सहयोगी मात्रै बन्ने उनले बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीप्रसाद ढकाल र निर्यात व्यवसायी महासंघका अध्यक्ष रामबहादुर गुरुङले पनि निकासी प्रवद्र्धनका लागि गर्नुपर्ने कामबारे सुझाव दिएका थिए ।

सो अवसरमा गत आर्थिक वर्षमा बढी तयारी पोशाक निकासी गर्ने तीन उद्योगलाई सम्मान गरिएको थियो ।

प्रकाशित : २५ भाद्र २०७९, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह