Logo

अर्थनीति

व्यापारसँगै उत्पादनतर्फ केन्द्रित हुँदै साल्ट ट्रेडिङ, एसटीसी तोरीको तेल चाँडै


GDP Nepal
   २७ भाद्र २०७९, सोमबार


काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले तोरीको तेल उत्पादन गर्ने भएको छ । कर्पोरेसनले एसटीसी ब्रान्डमा तोरीको तेल चाँडै बजारमा ल्याउनेगरी काम गरिरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले जानकारी दिइन् ।

“साल्ट ट्रेडिङ कर्पोरेसन कतिपय नयाँ नयाँ उत्पादन गर्नेतिर लागेको छ र निकट भविष्यमा त्यसको प्रतिफल प्राप्त हुने आशा गरेका छौं,” सीईओ श्रेष्ठले सोमबार आयोजित कर्पोरेसनको ६० औं वार्षिकोत्सव समारोहमा भनिन्, “उपभोक्तालाई गुणस्तरीय तेल उपपलब्ध गराउन एसटीसी ब्रान्डमा तोरीको तेल उत्पादन गर्ने प्रयाशमा छौं ।”

श्रेष्ठका अनुसार कर्पोरेसनले हेटौंडामा रहेको नेपाल बनस्पती उद्योग लिमिटेडबाट तोरीको तेल उत्पादन गर्ने प्रक्रिया अघि बढाएको छ ।

कार्यक्रममा सीईओ श्रेष्ठले रासायनिक मलको अभाव नहोस् र कृषकले समयमै मल पाउन् भन्नेमा आफूहरु निरन्तर सक्रिय रहेको बताइन् । उनले भनिन्, “नेपाल सरकारले दिएको दायित्वलाई वोध गरी रासायनिक मलको आपूर्ति गरी कृषकहरुमा राहत प्रदान गरेका छौं र अहिले पनि मलको आपूर्तिलाई निरन्तरता दिइरहेका छौं ।”

कर्पोरेसनले अनुदानित मलमा मात्र सीमित नभइ गैरअनुदानित मलसमेत आयात गरी बिक्री वितरण गरिरहेको छ ।

वार्षिकोत्सव कार्यक्रमको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव डा. नारयणप्रसाद रेग्मीले उद्घाटन गरेका थिए ।
सो अवसरमा लक्ष्मीदास मानन्धर बाल हितकारी पुरस्कारसहित छात्रवृत्ति र पुरस्कारको घोषणा गरिएको थियो ।

प्रकाशित : २७ भाद्र २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह