Logo

कर्पोरेट-बजार

लक्ष्मी समूहले अब एसएमएल ईसुजुका ट्रक, बस र टिपर बेच्ने


appharu
   ३० कार्तिक २०७५, शुक्रबार


काठमाडौं । नेपालमा लामो समयदेखि बिक्री हुँदै आएका एसएमएल ईसुजुका ट्रक, बस र टिपरहरु अब लक्ष्मी समूहले बिक्री गर्ने भएको छ । लक्ष्मी समूह अन्तर्गतको गोल्डफिश इन्टरनेसनलमार्फत यी गाडी बिक्री हुनेछन् ।

लक्ष्मी समूह नेपालमा कोरियाली गाडी हुन्डाइको आधिकारिक विक्रेता हो ।

एसएमएल ईसुजु, इन्डियाले गोल्डफिश इन्टरनेशनल प्रालिसँग साझेदारीको घोषणा गरेको छ । सम्झौतासँगै गोल्डफिश इन्टरनेशनल ले नेपालीग्राहकलाई उत्कृष्ट सेवा र सुविधा दिने प्रतिबद्धता जनाएको छ । सोही उद्देश्यले सवारीसाधन व्यवसायमा प्रवेश गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपालको बाटोकोअवस्थालाई ध्यानमा राखी एसएमएल ईसुजुले विभिन्न थरीका आधुनिक बस, ट्रक, स्कुल बस, निजी बस, टिपरहरु लिएर आएको जनाएको छ । प्रारम्भिक चरणमा कम्पनीले काठमाडौंमा एक थ्रीएस सेवा र एक टूएस सेवा सुविधा शुरु गर्ने जनाएको छ ।
पोखरामा एक थ्रीएस सुविधा, बनेपामा एकटू एस सुविधा, पाँचखालमा एक टूएस सुविधा र धादिङमा एक टूएस सुविधा शुरु गरिने उल्लेख छ । आगामी दिनमा यस्तो सेवा इटहरी, विदुर (त्रिशुली), दाङ, हेटौँडा, भैरवा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीमा शुरु गरिने जनाइएको छ ।
गोल्डफिशलेसेल्स र सर्भिस प्रदान गर्नका लागि १ लाख वर्गफिटमा नैकापको गुर्जुधारामा एसएमएल ईसुजु फ्ल्यागसीप थ्रीएस सेन्टर निर्माण गरिरहेको छ ।

प्रकाशित : ३० कार्तिक २०७५, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह