Logo

अर्थनीति

राजदूत घिमिरेको कार्यकालमा नेपाल–म्यानमार सम्बन्ध नयाँ उचाईमा पुग्ने विश्वास


GDP Nepal
   २८ भाद्र २०७९, मंगलबार


काठमाडौं । नेपाल म्यानमार उद्योग वाणिज्य संघले म्यानमारका लागि नवनियुक्त नेपाली राजदूत हरिश्चन्द्र घिमिरेको कार्यकालमा दुई मुलुकबीचको सम्बन्धमा नयाँ आयाम थपिने विश्वास व्यक्त गरेको छ ।

पदीय जिम्मेवारी सम्हाल्न म्यानमार जान लागेका राजदूतलाई शुभकामना दिन आयोजित समारोहमा संघका अध्यक्ष शिवकुमार अग्रवालले म्यानमार र नेपालबीचको आर्थिक तथा सामाजिक सम्बन्ध विकास र विस्तार हुने अपेक्षा राखिएको बताए ।

अध्यक्ष अग्रवालले ८५ प्रतिशत बौद्धमार्गी रहेको म्यानमारबाट नेपालमा ठूलो संख्यामा पर्यटक आउन सक्ने सम्भावना रहेको र यसका लागि कुटनीतिक माध्यमबाट सहजीकरण गर्न आग्रह गरे ।

यस्तै, म्यानमारमा रहेका नेपालीले धर्म र संस्कृति जोगाएर राखेको स्मरण गर्दै यसलाई नेपालसँग जोड्न दूतावासले पहल गर्नुपर्ने उल्लेख गर्दैै अध्यक्ष अग्रवालले दुई मुलुकबीच सम्भावनाका विराट क्षेत्र रहे पनि सदुपयोग गर्न नसकिएको धारणा राखे ।

कार्यक्रममा नवनियुक्त राजदूत घिमिरेसहित नेपालका लागि म्यानमारका राजदूत यू सिन ओ लगायतले दुई मुलुकबीचको आर्थिक तथा सामाजिक सम्बन्धका विभिन्न पक्षबारे चर्चा गरेका थिए ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष रतनलाल केडिया लगायतका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित : २८ भाद्र २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह