Logo

अर्थनीति

नेवानिको दुर्दशाः २४ घन्टामा एकपछि अर्को लज्जास्पद घटना


GDP Nepal
   २९ भाद्र २०७९, बुधबार


काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले एकपछि अर्को बदनामी कमाइरहेको छ । कार्यकारी अध्यक्षलाई हटाउन सरकारलाई सकस परिरहेको यो संस्थाको डेलिभरी पनि व्यवस्थापन जस्तै भद्रगोल देखिन्छ ।

पूर्ण सरकारी स्वामित्वको वायुसेवा कम्पनी भएका कारण यसको क्रियाकलापसँग मुलुकको प्रतिष्ठा जोडिने भए पनि निगम लज्जास्पद घटनाको पर्याय बन्न थालेको छ ।

बुधबार राति काठमाडौंबाट जापानको नारिता उडेको विमान आधा घण्टामै काठमाडौंमै फर्किएको घटना सेलाउन नपाउँदै बिहीबार जहाजका लागि एउटा पांग्रा फेर्न नसक्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिएको छ ।

जसका कारण त्रिभुवन विमानस्थलबाट बुधबार दिउँसो १ः२५ बजे दिल्ली जाने तयारीमा रहेका २१५ जना र दिल्लीबाट काठमाडौं आउन पर्खिरहेका २७० जना यात्रु विमानस्थलमै अलपत्र परेका छन् ।

यसअघि नेपाल एयरलाइन्सको वाइडबडी आर ए ४३३ हवाई जहाज बुधबार राति ११ बजे नारिताका लागि उडेको थियो । तर, विमान आधा घण्टामै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमै अवतरण भयो ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार जहाजको कार्गो होल यरियामा धुवाँ देखिएको थियो । त्यसपछि जहाज काठमाडौं डाइभर्ट गरेर यात्रुलाई ओरालिएको हो ।

प्राविधिक जाँचपछि यो जहाज आजै नारिता उडेको छ । बुधबार काठमाडौंबाट १८४ जना यात्रु नारिता उडेका थिए।

प्रकाशित : २९ भाद्र २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह