Logo

अर्थनीति

पल्सर मोटरसाइकलको अचम्मको दुर्घटनाः सामाजिक सञ्जालमा भाइरल


GDP Nepal
   ३० भाद्र २०७९, बिहिबार


काठमाडौं । दुई पाङ्ग्रे सवारीसाधन आफैंमा जोखिमपूर्ण त छँदैछन् । दूर्घटनाको दर हेर्ने हो भने दुई पाङ्ग्रेको संख्या बढी नै छ र मृत्युदर पनि उच्च रहेको देखिन्छ ।

दुई पाङ्ग्रे सवारीका क्षेत्रमा नेपालमा धेरै चलेको मोटरसाइकल हो, बजाज पल्सर । केही वर्षयता प्रतिस्पर्धामा चुनौती थपिए पनि अघिल्लो एक दशक एकछत्र राज गरेको पल्सर आम युवाको ढुकढुकी हो भन्दा फरक पर्दैन ।

तर, बिहीबार पल्सरबारे सार्वजनिक भएको एक तथ्यले जो कोहीलाई पनि झस्काउँछ । पत्रकार बिराट अनुपमले सार्वजनिक गरेको यो घटनाले पल्सर चढ्ने जो कोही अचम्भित र स्तब्ध भएका छन् । यसले उनीहरुलाई आफू चढेको बाइकको पनि यही गति हुने हो कि भनेर पिरोलेको छ ।

घटना हो, मोरङ सुन्दर हरैंचाको । सुन्दरहरैचाका शान्तिराम नेपाल चढेको पल्सरको इन्जिनसहितको बडी र ह्यान्डल जोड्ने धातु नै भाँच्चिएको छ । जसका कारण उनी दुर्घटनामा परे पनि अप्रिय समाचार बन्नबाट जोगिए ।

“शान्तिराम नेपाल विराटचोकको झरना पुल छेउ पछारिए । उनी भन्दैथिए, ‘पिछाडी झोला नभएको भए ढाड जान्थ्यो,” पत्रकार विराट अनुपमले लेखेका छन् ।

पत्रकार विराट अनुपमको ट्वीटलाई बल पुग्नेगरी सामाजिक सञ्जालमा सक्रिय आकार अनिलले लेखेका छन्, सायद, संयोग मात्र होला। मैले २ हप्ता अघि यस्तो हेन्डल खुस्किएर दूर्घटना भएको पोस्ट देखेको थिएँ। कतै ठोक्किएर भएको हो वा आफैँ खुस्किएर भएको हो चैँ थाहा भएन।

प्रकाशित : ३० भाद्र २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह