Logo

अर्थनीति

सरकारी खातामा एक महिनामै ६७ अर्ब नगद मौज्दात बढ्यो


GDP Nepal
   १ आश्विन २०७९, शनिबार


काठमाडौं । सरकारी खातामा एक महिनामै ६७ अर्ब नगद मौज्दात बढेको छ ।

असार मसान्तसम्म २ खर्ब २७ अर्ब ६९ करोड रुपैयाँ रहेको सरकारी खातामा नगद मौज्दात साउनमा ६६ अर्ब ५६ करोडले वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार २०७९ साउन मसान्तमा केन्द्रीय बैंकमा रहेका सरकारका विभिन्न खातामा २ खर्ब ९४ अर्ब २५ करोड नगद मौज्दात रहेको छ ।

यो रकम प्रदेश सरकार तथा स्थानीय तहको खातामा रहेको रकम समेतको कूल परिमाण हो ।

केन्द्रीय बैंकका अनुसार साउनमा प्रदेश सरकारको स्रोत प्राप्ति १० अर्ब ८१ करोड रुपैयाँ रहेको छ ।

यसमध्ये संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी ४ अर्ब ९७ करोड छ ।

यस्तै, प्रदेश सरकारहरुले परिचालन गरेको राजस्व र अन्य स्रोतबाट ५ अर्ब ८४ करोड रहेको छ । यसैगरी, यस अवधिमा प्रदेश सरकारहरुको खर्च २८ करोड रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित : १ आश्विन २०७९, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह