भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पर्दाथको मूल्य घटाएर पठाएको छ ।
नेपाल आयाल निगमका अनुसार आईओसीले डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य घटाएर नयाँ मूल्यसूची पठाएको हो । नयाँ मूल्यसूची अनुसार डिजेलको मूल्य प्रतिलिटर ४४ पैसा, पेट्रोलको मूल्य ६ रुपैयाँ ५५ पैसा र हवाइ इन्धनको मूल्य एक रुपैयाँ ५० पैसा घटेर आएको छ ।
नयाँ मूल्यअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ नाफा र डिजलमा प्रतिलिटर ५ रुपैयाँ बढी घाटा रहेको निगमले जनाएको छ । नयाँ मूल्यपछि पनि मासिक २० करोड रुपैयाँ नोक्सानी रहेको निगमको दाबी छ ।
प्रतिक्रिया