सरकारले विश्व बैंकसँग ४१ करोड ५० लाख अमेरिकी डलर (करीब ५२ अर्ब ९६ करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण लिने भएको छ।
आइतबार अर्थ मन्त्री जनार्दन शर्मा तथा विश्व बैंकका दक्षिणएशिया क्षेत्रीय उपाध्यक्ष मार्टिन राईजरको उपस्थितिमा सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव कृष्णहरी पुष्कर र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले सम्झौतामा हस्ताक्षर गरेका छन्।
।
सरकारले क्षेत्रीय यातायात तथा व्यापार आवद्धता वृद्धि तथा आवद्धता आयोजनाका लागि २७ करोड ५० लाख डलर (३४ अर्ब ९६ करोड रूपैयाँ) र डिजिटल नेपाल गतिवृद्धि आयोजनाका लागि १४ करोड डलर (१८ अर्ब रूपैयाँ) सहुलियतपूर्ण ऋण लिने भएको हो ।










प्रतिक्रिया