Logo

अर्थनीति

‘सगरमाथाको देश भनेर के गर्व गर्नु ? जहाँ हिमाल चढ्दा लगाउने कपडा नै उत्पादन हुँदैनन्’


GDP Nepal
   २ आश्विन २०७९, आइतबार


काठमाडौं । नेपाल तयारी उद्योग पोशाक संघका नवनिर्वाचित अध्यक्ष पशुपतिदेव पाण्डेले सगरमाथाको देश भनेर गर्व भए पनि सगरमाथामा चढ्दा लगाउने कपडा मुलुकभित्रै उत्पादन हुन नसक्नु दुर्भाग्य भएको बताएका छन् ।

संघका नवनिर्वाचित पदाधिकारीको सम्मानमा नेपाल चेम्बर अफ कमर्सले गरेको स्वागत कार्यक्रममा अध्यक्ष पाण्डेले मुलुकभित्र खपत हुने तयारी पोशाक स्वदेशमै उत्पादन हुनुपर्ने धारणा राखे ।

“यो आर्थिक वर्षमा हामी तयारी पोशाकको निर्यात १० अर्ब पु¥याउने लक्ष्य राखेका छौं,” उनले भने, “तर, स्वदेशी बस्तुको गुणस्तरबारे आफ्नै देशकै नागरिकलाई सचेत गराउन सकिएको छैन ।”

नेपालमै उत्पादित बस्तुहरु पनि पछिल्लो समय गुणस्तरीय बन्दै गएको भन्दै पाण्डेले उपभोक्तामा सचेतना जगाउन भने नसकिएको बताए ।

निर्यात बढाउन चेम्बरले सघाउने
नेपाल चेम्बर अफ कमर्सले तयारी पोशाकको निर्यात बढाउन उद्योगी व्यवसायीलाई सहयोग गर्ने भएको छ । तयारी पोशाक एवं गार्मेन्टसबाट उत्पादित कपडाको अन्तराष्ट्रिय बजारीकरण एवं ब्राण्डिङका लागि चेम्बरले सहयोग गर्न लागेको हो ।

नेपाल चेम्बर अन्र्तगतका अन्तराष्ट्रिय शाखा मार्फत नेपाली तयारी पोशाकको बजार प्रर्वद्धन गर्न उद्योगी व्यवसायीसंग सहकार्य गर्न लागिएको अध्यक्ष राजेन्द्र मल्लले बताए ।

नेपाल तयारी पोशाक उद्योग संघका नवनिर्वाचित पदाधिकारीहरुलाई जमलस्थित चेम्बर भवनमा स्वागत गर्दै अध्यक्ष मल्लले बढ्दो व्यापार घाटा न्यूनीकरणका लागि निर्यात प्रर्वद्धन एक मात्रै विकल्प भएको बताए ।

अध्यक्ष मल्लले भने, ‘विदेशमा रहेका नेपाली दूतावास र चेम्बरका अन्तराष्ट्रिय शाखा मार्फत तयारी पोशाक निर्यात बढाउन चेम्बरले सहयोग गर्छ । चेम्बरले गर्ने अन्तराष्ट्रिय व्यापार मेलामा नेपाली उद्योगी व्यवसायीका उत्पादनलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिवद्धता ब्यक्त गर्दछु,।’

९० को दशकमै नेपालबाट बार्षिक ११ अर्व रुपैयाँ बराबरको तयारी पोशाक निर्यात हुने गरेको भन्दै अध्यक्ष मल्लले अहिले मुस्किलले ७ अर्वको निर्यात हुनु दुर्भाग्य भएको बताए ।

नेपालका तयारी पोशाकको निर्यात प्रर्वद्धनका लागि व्यापार तथा निकासी केन्द्र र सरोकारवाला अन्य सरकारी निकायसंग पनि चेम्बरले समन्वय गर्ने अध्यक्ष मल्लको भनाई छ ।

तयारी पोशाक उत्पादन गर्न साना उद्यमीलाई प्रोत्साहन गर्नुपर्ने अध्यक्ष मल्लले बताए । गार्मेन्ट्सका बस्तु एवं तयारी पोशाकको निर्यातमा कुनै समय नेपाल विश्वको उत्कृष्ट १० भित्र परेको स्मरण गराउँदै आध्यक्ष मल्लले निर्यात प्रर्वद्धन गर्नका लागि चेम्बरले आवश्यक सवै व्यवस्था गर्ने प्रतिवद्धता समेत जनाए ।

प्रकाशित : २ आश्विन २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह