Logo

बैंक / बिमा /शेयर

प्रभु बैंकका ग्राहकलाई होटेल गाउँबेसीमा विशेष छुट


GDP नेपाल
   १४ आश्विन २०७९, शुक्रबार


प्रभु बैंक लिमिटेड र स्याङ्जाको वालिङस्थित होटेल गाउँबेसी प्रालिबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

सम्झौतापत्रमा बैंकका तर्फबाट वालिङ शाखा कार्यालय प्रमुख सन्तोषकुमार पौडेल र होटेल गाउँबेसीका तर्फबाट अध्यक्ष सुदन श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले होटेल गाउँबेसीद्वारा सञ्चालित ‘फुड र वेभरेज’ सेवामा ५ प्रतिशत छुट प्राप्त हुने भएको छ ।

सम्झौताअन्तर्गत होटेल गाउँबेसीमा छुट सुविधा लिन चाहने ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरु प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । 

यो सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक लाभान्वित हुनेछन् भन्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित : १४ आश्विन २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह