अमेरिकी डलरको भाउले नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आइतबार १ डलरको बिक्रीदर १३२ रुपैयाँ २ पैसा र खरिददर १३१ रुपैयाँ ४२ पैसा कायम भएको छ । यो हालसम्मकै उच्च भाउ हो ।
डलरको तुलनामा भारतीय मुद्रा (भारु) भने इतिहासकै कमजोर बनेको छ । भारतीय मुद्रासँग नेपाली मुद्राको स्थिर विनिमय दर कायम गरिएकाले भारतीय मुद्रा कमजोर बनेसँगै नेपाली मुद्रा पनि कमजोर भएको हो । आर्थिक मन्दि र कच्चा तेलको मूल्यमा भइरहेको वृद्धिले भारु कमजोर बनेको हो ।
प्रतिक्रिया