Logo

बैंक / बिमा /शेयर

इन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रीमा


GDP नेपाल
   २३ आश्विन २०७९, आइतबार


इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर बिक्री खुला भएको छ ।

कम्पनीले असोज १४ गतेदेखि १ लाख २ हजार ८५९ कित्ता संस्थापक सेयर बिक्रिमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक सेयरधनी, अन्य व्यक्ति तथा संस्थाहरूले समेत आवेदन गर्न पाउने गरी दोस्रो चरणमा उक्त सेयर बिक्रीमा ल्याएको हो ।

यसअघि कम्पनीले पहिलो चरणमा संस्थापक सेयरधनीहरूमा बिक्रीमा ल्याएकोमा अवितरित सेयर पुनः सर्वसाधारण लगानीकर्ताहरुले समेत आवेदन गर्न पाउनेगरी उक्त सेयर बिक्रीमा ल्याएको हो ।

इच्छुकले लघुवित्त कम्पनीको केन्द्रीय कार्यालय गैडाकोट, नवलपरासीमा पुग्ने गरी असोज १४ गतेदेखि १५ दिनभित्र निवेदन पेश गर्नुपर्नेछ । कम्पनीले उल्लेखित सेयरको मूल्य संस्थापक सेयर खरीद बिक्री सञ्चालक समितिको निर्णय बमोजिम हुने जानकारी दिएको छ ।

प्रकाशित : २३ आश्विन २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह