एनआइबीएल एस क्यापिटलले २० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।
कम्पनीको असोज २६ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट २० प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो । कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि उक्त लाभांश वितरण गरिने छ ।
त्यस्तै, लाभांश पारित गर्न कम्पनीले कात्तिक १८ गते दशौँ वार्षिक साधारण सभा बोलाएको छ । सभा क्यापिटलको सभाहल लाजिम्पाट, काठमाडौंमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ । सभाले अन्य मर्चेन्ट बैंक एक आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव अनुमोदन गर्नेछ ।
प्रतिक्रिया