Logo

बैंक / बिमा /शेयर

१८ अर्ब २० करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक


GDP नेपाल
   ३१ आश्विन २०७९, सोमबार


नेपाल राष्ट्र बैंकले १८ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले मंगलबार जारी गर्ने गरी ४ किसिमका कुल १८ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको हो ।

बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र १ वर्षका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । २८ दिनका लागि २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको यस ट्रेजरी कात्तिक २९ गते परिपक्व हुनेछ ।

९१ दिनका लागि ५ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको यस ट्रेजरी माघ ३ गते परिपक्व हुनेछ । १८२ दिनको लागि ५ अर्ब रुपैयाँको बिल जारी गर्न लागेको यस ट्रेजरी २०८० बैशाख ५ गते परिपक्व हुनेछ । १ वर्षका लागि ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको यस ट्रेजरी २०८० असोज ३० गते परिपक्व हुनेछ ।

यस बोलकबोलमा बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत सहभागी हुन सक्नेछन् ।

प्रकाशित : ३१ आश्विन २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह