सोल्टी होटल लिमिटेडले २६.३२ प्रतिशत लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र २१.३२ प्रतिशत नगद दिने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश पारित गर्न २८ पुषमा कम्पनीको ४८ औं वार्षिक साधारणसभा बोलाइएको छ ।
साधारण सभा र लाभांश प्रयोजनका लागि पुस ७ गतेदेखि २८ गतेसम्म बुक क्लोज मिति तोकिएको छ । जस अनुसार पुस ६ गतेसम्म कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन पाउनेछन्।
प्रतिक्रिया