Logo

घुमफिर

नेपाल-यूएई चेम्बरको प्रतिनिधिमण्डल दुबई भ्रमणमा


GDP Nepal
   १४ कार्तिक २०७९, सोमबार


काठमाडौं । नेपाल र युनाइटेड अरब इमिरेट्सबीच आर्थिक तथा व्यावसायिक सम्बन्ध विस्तारका लागि व्यवसायीहरुको प्रतिनिधिमण्डल दुबई प्रस्थान गरेको छ ।

नेपाल यूएई चेम्बर अफ कमर्स एन्ड ईन्डष्ट्रिजका अध्यक्ष पवन कुमार अग्रवालको नेतृत्वमा १३ सदस्यीय प्रतिनिधिमण्डल सोमबार दुबई प्रस्थान गरेको हो । व्यवसायीहरुको टोली शनिबार स्वदेश फर्कनेछ ।

नेपाली व्यवसायीको टोलीले भ्रमणका क्रममा दुबई चेम्बर अफ कमर्स, रस अल खैमाहा चेम्बर अफ कमर्ससँग छलफल गर्ने कार्यक्रम छ । यस्तै, यूएईस्थित नेपाली दूतावास र बिजनेस काउन्सिलसँग पनि छलफल तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको संघका अध्यक्ष अग्रवालले जानकारी दिए ।

भ्रमण टोलीमा अध्यक्ष अग्रवालसहित उपाध्यक्ष जीवनकुमार भण्डारी, कार्यसमिति सदस्य समीर थापा, अनोज रिमाल, निशान राजभण्डारी सहभागी छन् ।

यस्तै, व्यवसायीहरु विनय उपाध्याय, विजय चौधरी, शिवप्रसाद घिमिरे, सुदीप घिमिरे, रमिन्द्र न्यौपाने, सुनीलभक्त श्रेष्ठ, विमल सवार्थिया र अञ्जन भण्डारी भ्रमण टोलीमा सहभागी छन् ।

दुई देशबीच आर्थिक तथा व्यावसायिक सहकार्य स्थापना गर्ने उद्देश्यले व्यवसायीको टोली दुबईसहित युनाइटेड अरब इमिरेट्सको भ्रमणमा निस्केको हो ।

यूएईसँग नेपालको ठूलो व्यापारघाटा रहेको र निकासी बढाएर यसलाई कम गर्ने भ्रमणको मुख्य उद्देश्य रहेको अध्यक्ष अग्रवालले जानकारी दिए । गत आर्थिक वर्षमा नेपालले यूएईबाट ४७.९ अर्बको आयात गरेको थियो भने निर्यात करीब ४६ करोड मात्र थियो ।

नेपालबाट यूएईमा तरकारी, फलफूल, खानेपानी, लत्ताकपडा, गलैंचा, चियाकफी, फेल्ट वस्तु, पश्मिना सल लगायतका वस्तु निकासीको प्रचुर सम्भावना रहेको छ ।

प्रकाशित : १४ कार्तिक २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह