Logo

बैंक / बिमा /शेयर

स्टान्डर्ड चार्टर्ड बैंकले १६.५१% नगद लाभांश दिने


GDP Nepal
   १४ कार्तिक २०७९, सोमबार


काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले नगद लाभांश घोषणा गरेको छ ।

बैंकको सोमबार बिहान बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष (२०७८/७९) को नाफाबाट सेयरधनीहरुलाई करसहित १६.५१% नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित नगद लाभांश नियामक नेपाल राष्ट्र बैंक र स्टान्डर्ड चार्टर्डको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।

बैंकले अघिल्लो आर्थिक वर्ष (२०७७/७८) मा भने १०% बोनस सेयर र ३.०६% नगद लाभांश दिएको थियो ।

प्रकाशित : १४ कार्तिक २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह