Logo

बैंक / बिमा /शेयर

एनआईसी एशिया बैंकको सीईओमा पुन: रोशनकुमार न्यौपाने नियुक्त


GDP नेपाल
   १६ कार्तिक २०७९, बुधबार


एनआईसी एशिया बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुन: रोशनकुमार न्यौपाने नियुक्त भएका छन् ।

बैंक सञ्चालक समितिको बैठकले न्यौपानेलाई पुन: दोस्रो कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो । न्यौपानेले आगामी मंसिर १५ गतेदेखि लागू हुनेगरी थप ४ वर्षका लागि सीईओको जिम्मेवारी सम्हाल्ने छन् ।

रसुवा जिल्ला स्थायी घर भई हाल काठमाडौं बुढानिलकण्ठ बस्ने ४२ वर्षीय न्यौपाने सन् २००८ अप्रिलदेखि तत्कालीन बैंक अफ एशिया नेपालमा आन्तरिक लेखा परीक्षण विभागको इन्चार्जको जिम्मेवारीबाट सो बैंकमा जोडिएका थिए । त्यसपछि न्यौपाने प्रमुख जोखिम अधिकृत हुँदै सन् २०१८ मा सहायक प्रमुख कार्यकारी अधिकृत भएका थिए । सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा बैँकको नेतृत्व सम्हालेपछिका छोटो अवधिमा नै बैँकले उनलाई सीईओको जिम्मेवारी दिएको थियो ।

३८ वर्षको उमेरमा नै नेपालको अग्रणी वाणिज्य बैँकको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएपछि उनी मुलुकको सबैभन्दा ‘कान्छो सीईओ’ को रुपमा समेत परिचित भएका थिए ।

प्रकाशित : १६ कार्तिक २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह