Logo

बैंक / बिमा /शेयर

इष्टर्न हाइड्रोपावरको आइपीओ बाँडफाँट, यसरी हेर्नुहोस् रिजल्ट


GDP नेपाल
   १७ कार्तिक २०७९, बिहिबार


इष्टर्न हाइड्रोपावरको आइपीओ बाँडफाँट भएको छ ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ६२ हजार ५१९ जनाले १० कित्ताको दरले सेयर पाएका छन् । बाँकी १२ लाख ९५ हजारभन्दा बढी आवेदकको हात खाली भएको छ।

आइपीओमा १३ लाख ५८ हजार २२० जनाले आवेदन दिएका थिए । कम्पनीले असोज २८ गतेबाट कात्तिक २ गतेसम्म कुल कित्ता सेयरमध्ये ५ प्रतिशत अर्थात् ३३ हजार ५१५ कित्ता सेयर सामूहिक लगानी कोष, २ प्रतिशत अर्थात् १३ हजार ४०६ कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको थियो भने ६ लाख २५ हजार १९० कित्ता सेयर सर्वसाधारणमा जारी गरेको थियो ।

आइपीओको रिजल्ट बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्ट, कम्पनीको वेबसाइट तथा सिडीएस एन्ड क्लियरिङको वेबसाइटबाट हेर्न सकिन्छ।

प्रकाशित : १७ कार्तिक २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह