काठमाडाै ।
इण्डिया चेम्बर अफ कमर्स र त्यहाँको वाणिज्य मन्त्रालयको संयुक्त आयोजनामा ‘कपडा क्रेता र बिक्रेता भेटघाट’ कार्यक्रम हुने भएको छ ।
कार्तिक १८ र १९ गते (४-५ नोभेम्बर) दुई दिनका लागि कोलकत्तामा हुन लागेको सो कार्यक्रममा नेपालबाट ६ सदस्य टोली सामेल हुने जनाइएको छ ।
कार्यक्रममा टेक्स्टाइल व्यवसायबारे छलफल तथा विभिन्न नयाँ कपडाको प्रदर्शन हुने बताइएको छ । सो कार्यक्रममा नेपाल लगाएत विभिन्न देशका व्यवसायीहरुको उपस्थिति रहने छ ।
मेलामा तयारी पाेशाक उद्याेग सघका अध्यक्ष पशुपतिदेव पाण्डे लगायत सहभागी छन् ।
प्रतिक्रिया