Logo

बैंक / बिमा /शेयर

कात्तिक २५ गतेदेखि ५६ लाख कित्ता आईपीओ निष्कासन गर्दै पिपुल्स हाइड्रोपावर


GDP नेपाल
   १८ कार्तिक २०७९, शुक्रबार


पिपुल्स हाइड्रोपावरले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले कात्तिक २५ गतेदेखि ५६ लाख ६ हजार ३९० कित्ता आइपीओ निष्कासन गर्ने भएको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइएको सेयर बाँडफाँट गरी बाँकी रहेको ८ लाख ६ हजार ३९० कित्ता सहित प्रतिकित्ता १०० अंकित मूल्यमा ५६ करोड ६ लाख ३९ हजार रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न लागेको हो ।

जसमध्ये ५ प्रतिशत अर्थात् २ लाख ८० हजार ३२० कित्ता सामुहीक लगानी कोष र ३ प्रतिशत अर्थात् १ लाख ६८ हजार १९० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ भने बाँकी ५१ लाख ५७ हजार ८८० कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त सेयरमा

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि कात्तिक २९ गतेसम्म आवेदन दिन सक्नेछन् । यसको बिक्रि प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

प्रकाशित : १८ कार्तिक २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह