Logo

अर्थनीति

ब्याजदर वृद्धिको विरोध गर्दै माइतीघरमा निजी क्षेत्रको प्रदर्शन (फोटो फिचर)


GDP Nepal
   १८ कार्तिक २०७९, शुक्रबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ, काठमाडौंको अगुवाईमा शुक्रबार व्यवसायिक संगठनका नेताहरुले माइतीघर मण्डलामा ब्याजदर वृद्धि विरुद्ध मौन प्रदर्शन गरेका छन्। उनीहरुले ब्याजसँगै चालुूपुँजी कर्जा नीतिको पनि चर्को विरोध गरेका छन्।

महासंघका उपाध्यक्षहरु दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र संघईलगायत आन्दोलनमा सहभागी भएका थिए। ब्याज दर वृद्धिको विरोध काठमाडौं उपत्यकामा यति ठूलो आन्दोलन भएको यो पहिलोपटक हो ।

व्यापार व्यवसाय छाडेर व्यवसायीहरु पर्चारपम्प्लेट बोकेर मौन धर्ना बसेका थिए। पर्चा र पम्प्लेटमा ‘बैंकिङ आतंक बन्द गर’ ‘ब्याजदरमा स्थिरता कायम गर, चालु पुँजी निर्देशिका स्थगित गर’ लेखिएको छ।

विरोध कार्यक्रममा न्युरोड, महाबौद्ध, होटल संघ लगायत विभिन्न संघहरुको सहभागिता थियो।

प्रकाशित : १८ कार्तिक २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह