Logo

बैंक / बिमा /शेयर

बीमा समिति आजबाट बीमा प्राधिकरणमा रूपान्तरण


GDP नेपाल
   २२ कार्तिक २०७९, मंगलबार


बीमा व्यवसायको नियमन गर्दै आएको बिमा समिति आजबाट नेपाल बिमा प्राधिकरणमा रुपान्तरण भएको छ ।

भदौ अन्तिममा संघीय संसद्बाट पारित भएको बीमा विधेयक असोज २३ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणिकरण भएको बिमा ऐन २०७९ अनुसार आजबाट नेपाल बिमा प्राधिकरणमा रुपान्तरण भएको हो । समितिले बिमा प्राधिकरणको नामसहित नयाँ लोगो सार्वजनिक गरेको छ ।

समितिले यस अघिकै लोगोलाई यथावत राखेर नाम मात्रै परिवर्तन गरेको छ । बिमा समितिको ठाँउमा नेपाल बिमा प्राधिकरण राखिएको छ । अजदेखि पुरानो बिमा ऐन खारेज भइ नयाँ ऐनमा भएका व्यवस्था लागु हुनेछ । ऐनले बिमा समितिको संरचना अब बिमा प्राधिकरणको संरचना हुने व्यवस्था गरेको छ ।

प्रकाशित : २२ कार्तिक २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह