Logo

Banner-news

उडिरहेको विमान भित्रै अन्तर्वार्ता दिएपछि कारवाहीमा परे क्याप्टेन लामा


GDP नेपाल
   २३ कार्तिक २०७९, बुधबार


नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामा कारवाहीमा परेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले लामामाथि लापरवाही गरेको भन्दै आइतबारदेखि उडानमा प्रतिबन्ध लगाएको हो ।

लामाले उडिरहेको विमानको ककपिट भित्रै एक भ्लगरलाई अन्तर्वार्ता दिएपछि उनी प्राधिकरणको कारवाहीमा परेका हुन् । उनले उडिरहेको विमानको ककपिट भित्रै अन्तर्वार्ता दिएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

भिडिओमा देखिए अनुसार दुबईबाट काठमाडौँको लागि उडेको नेपाल एयरलाइन्सको वाइडबडी विमानको ककपिटभित्रै लामाले चिनियाँ एभिएसन भ्लगर साम चुइलाई अन्तर्वार्ता दिएका छन् । प्राधिकरणले यस विषयमा क्याप्टेन लामालाई यथाशक्य चाँडो स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

प्रकाशित : २३ कार्तिक २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह