Logo

बैंक / बिमा /शेयर

३० अर्बको ट्रेजरी बिल सोझै बिक्री गर्दै राष्ट्र बैंक


GDP नेपाल
   २४ कार्तिक २०७९, बिहिबार


नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल सोझै बिक्री गर्ने भएको छ । सरकारले कात्तिक २५ गते बिक्री गर्ने गरी नेपाल राष्ट्र बैंकमार्फत बिहीबार दिउँसो २ बजे ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो ।

काउण्टरपार्टीले बिक्री गर्न चाहेको ट्रेजरी बिलको परिमाण बराबरको मूल्यसहित प्रस्ताव गर्नुपर्नेछ । खरिदकर्ताले न्यूनतम ५ करोड वा ५ करोडले भाग गर्दा निःशेष भाग जाने रकमसम्मका लागि माग गर्न सक्नेछ ।

सोझै खरिद बोलकबोलको रकम बाँडफाँट गर्दा बोलबमोजिमको वार्षिक प्रतिफल दर (याड रेट) गणना गरी सबभन्दा बढी प्रतिफल दर बोल गर्ने काउण्टरपार्टीलाई प्राथमिकता क्रममा राखी आव्हान गरेको रकम क्रमशः बाँडफाँड गरिने बैंकले जनाएको छ ।

बोलकबोलमा संलग्न काउण्टर पार्टीले कात्तिक २४ गते बिहीबार दिउँसो २स्१५ बजेभित्र बोलकबोल गरेका ट्रेजरी बिल्सको सक्कलै प्रति राष्ट्र बैँकमा बुझाउनुपर्नेछ ।

 

प्रकाशित : २४ कार्तिक २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह