Logo

बैंक / बिमा /शेयर

७ लाख ६७ हजार कित्ता संस्थापक सेयर बिक्रिमा ल्याउँदै समृद्धि फाइनान्स


GDP नेपाल
   २४ कार्तिक २०७९, बिहिबार


समृद्धि फाइनान्स कम्पनी लिमिटेडले अतिवरित हकप्रद सेयर तेस्रो पटक लिलामीमा बिक्री गर्ने भएको छ । कम्पनीले मंसिर १ गतेदेखि १५ गतेसम्म ७ लाख ६७ हजार ३६६ कित्ता संस्थापक तर्फको हकप्रद सेयर लिलामीमा बिक्री गर्न लागेको हो ।

यस सेयर खरीदका लागि विद्यमान संस्थापक सेयरधनी एवम् अन्य जो कोहि व्यक्ति तथा संस्थाहरूले आवेदन दिन सक्नेछन् । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य तोकिएको यो सेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

न्यूनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था रहेको छ कम्पनीको सेयर बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

प्रकाशित : २४ कार्तिक २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह