फेसबुक, इन्स्टाग्राम र व्हाट्सएपको स्वामित्व रहेको मेटाले १३ प्रतिशत कर्मचारी कटौती गर्ने घोषणा गरेको छ ।
हाल मेटामा ८७ हजार कर्मचारी कार्यरत छन् । जसमा कम्पनीको पछिल्लो निर्णय अनुसार ११ हजार कर्मचारीलाई निष्कासन गरिने भएको हो ।
यस विषयमा बोल्दै मेटाका प्रमुख कार्यकारी मार्क जुकरबर्गले मेटाको इतिहासमा हालसम्ममा गरिएका परिवर्तनमा यो क्षण सबैभन्दा कठिन रहेको बताए ।
जुकरबर्गले जागिरबाट निकालिएका कर्मचारीसँग माफी माग्दै भनेका छन् ,’ यो सबैका लागि कठिन क्षण भएको र विशेष गरी प्रभावित भएकाहरूका लागि माफी चाहन्छु ।’
प्रतिक्रिया