मंसिर महिनामा पनि बैंकिङ ब्याजदर नघट्ने भएको छ । मंगलबार बसेको नेपाल बैंकर्स संघको बैठकले निक्षेपको ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो ।
निर्णय अनुसार मंसिरमा पनि वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १२.१३३ प्रतिशत तथा बचतको न्युनतम ७.१३३ र अधिकतम ९.१३३ प्रतिशत कायम गर्ने भएका छन् । अघिल्लो महिना मात्रै वाणिज्य बैंकहरुले आफू खुसी निक्षेपमा १० प्रतिशतसम्मले ब्याजदर वृद्धि गरेका थिए ।
निजी क्षेत्रले भने वाणिज्य बैंकको ब्याजदर घटाउन माग राख्दै आएको छ ।
प्रतिक्रिया