Logo

बैंक / बिमा /शेयर

२३ प्रतिशतले बढ्यो राष्ट्रिय बिमा संस्थानको खुद नाफा


GDP नेपाल
   १ मंसिर २०७९, बिहिबार


राष्ट्रिय बिमा संस्थानले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले पहिलो त्रैमासमा १ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

गत वर्षको यसै अवधिको तुलनामा कम्प्नीको नाफा २३.३५ प्रतिशतले बढेको हो । गत वर्ष कम्पनीले १ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको थियो । संस्थानको खुद बिमा शुल्क आम्दानी भने ७५.३६ प्रतिशतले घटेर १ अर्ब ११ करोड रुपैयाँमा झरेको छ । गत वर्ष कम्पनीले ४ अर्ब ५३ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

संस्थानले यो त्रैमाससम्म ७६ करोड ८७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । यता, कम्पनीले जीवन बिमा कोष भने ३७ अर्ब १४ करोड रुपैयाँबाट बढोत्तरी गरेर ४० अर्ब २४ करोड पुर्याएको छ । हाल राष्ट्रिय बिमा संस्थानको चुक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ छ । यसको रिजर्भ कोषमा ४३ करोड ३१ लाख रुपैयाँ छ ।

प्रकाशित : १ मंसिर २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह