Logo

बैंक / बिमा /शेयर

सान्जेन जलविद्युत कम्पनी १ करोड ४२ लाख रुपैयाँ नोक्सानमा


GDP नेपाल
   १ मंसिर २०७९, बिहिबार


सान्जेन जलविद्युत कम्पनीले चालु आर्थिक वर्षको पहिला त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार पहिलो त्रैमासमा कम्पनी १ करोड ४२ लाख रुपैयाँ नोक्सानमा रहेको छ । गत वर्षको तुलनामा कम्पनीको नोक्सानी अझै बढेको छ । गत वर्ष यसै अवधिमा कम्पनी ८५ लाख ५७ हजार रुपैयाँ नोक्सानमा रहेको थियो ।

सान्जेनको चुक्ता पुँजी ३ अर्ब २८ करोड ५० लाख रुपैयाँ रहेको छ । जगेडा कोष २२ करोड ८० लाख रुपैयाँ ऋणात्मक छ । गत वर्ष यसको रिजर्भ १७ करोड ६१ लाख रुपैयाँ ऋणात्मक रहेको थियो । असोज मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी १ रुपैयाँ ४७ पैसा नोक्सानीमा रहेको छ । प्रतिसेयर नेटवर्थ भने ९३ रुपैयाँ ०६ पैसा छ ।

प्रकाशित : १ मंसिर २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह