Logo

बिजनेस होम

पोखरामा ‘पोम्स पेन्टहाउस’ अपार्टमेन्टः चेम्बरका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले गरे उदघाटन


GDP Nepal
   २ मंसिर २०७९, शुक्रबार


पोखरा । पोखरामा ‘पोम्स पेन्टहाउस’ अपार्टमेन्ट सञ्चालनमा आएको छ । छोटो वा लामो समय बस्नका लागि आउने पर्यटकलाई लक्षित गर्दै लक्जरी सर्भिस सहित ‘पोम्स पेन्टहाउस’ अपार्टमेन्ट सञ्चालनमा आएको हो ।

नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष तथा भियतनामका लागि नेपालका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठले ‘पोम्स पेन्टहाउस’ अपार्टमेन्टको उद्घाटन गरे ।

आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी युवा पर्यटन व्यवसायी पोम नारायण श्रेष्ठले लेकसाइडस्थित वाराही मार्गमा ‘पोम्स पेन्टहाउस’ सञ्चालनमा ल्याएका हुन् ।

किचन, ग्याँस, भाँडाकुडा लगायत घरमा आवश्यक पर्ने सबै सेवा सुविधा अपार्टमेन्टमा उपलब्ध भएको उनको भनाइ छ । ग्रुपमा आउने र परिवार सहित आउनेलाई लक्ष्त गरेर अपार्टमेन्ट सञ्चालनमा ल्याइएको हो ।

पोखरामा परिवार सहित आउने पर्यटकका लागि अपार्टमेन्ट निकै उपयोगी हुने श्रेष्ठले बताए ।

‘लामो समय पोखरा बस्न चाहने पर्यटकलाई अपार्टमेन्ट निकै प्रभावकारी हुनेछ,’ उनले भने । एक दिनमात्रै वा छोटो समय बस्नेले पनि अपार्टमेन्टको सुविधा लिन सक्ने श्रेष्ठले जानकारी दिए ।

पारिवारिक वातावरणमा सेवा लिन चाहनेहरुका लागि अपार्टमेन्ट उपयुक्त हुने उनको भनाइ छ ।

एक रातको नेपालीका लागि ३ हजार देखी १२ हजार सम्म र विदेशीलाई ४० डलर देखी १२० डलर सम्मका कोठा भएको अपार्टमेन्ट १० आना क्षेत्रफलमा निर्माण भएको छ भने यसमा करिब १० करोड लगानी भएको छ ।

पोम्स पेन्टहाउसमा स्टुडियो अपार्टमेन्ट ६ वटा, दुई बेर्डरुपको ४ वटा, थ्री बेर्डरुमको १ र ६ वटा सेरिङ किचन रुम रहेको अपार्टमेन्ट, अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा प्रदान गर्ने गरी सुरु गरिएको हो ।

प्रकाशित : २ मंसिर २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह