Logo

बैंक / बिमा /शेयर

पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँड, यसरी हेर्नुहोस् रिजल्ट


GDP नेपाल
   ७ मंसिर २०७९, बुधबार


पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट भएको छ ।

बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ५ लाख १५ हजार ७८८ जनाले १० कित्ताका दरले सेयर पाएका छन् । आइपिओमा कुल १२ लाख ३० हजार ६०५ आवेदक परेको थियो । जसमा ३ हजार ५४६ आवेदन रद्द भएको छ ।

कम्पनीले कात्तिक २५ गते प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५६ लाख ६ हजार ३९० कित्ता आइपिओ निष्कासन गरेको थियो । जसमध्ये २ लाख ८० हजार ३२० कित्ता सामूहिक लगानी कोष, १ लाख ६८ हजार १९० कित्ता सेयर कर्मचारीहरूका लागि र बाँकी ५१ लाख ५७ हजार ८८० कित्ता सेयर सर्वसाधारणका लागि बिक्रिमा ल्याएको थियो ।

रिजल्ट बिक्री प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट http://www.sanima.capital/मेरोसेयर एकाउन्ट ,सीडीएस एन्ड क्लियरिङको वेबसाइट https://iporesult.cdsc.com.np/  र कम्पनीको वेबसाइट https://peopleshydro.com.np/  बाट हेर्न सकिने छ । 

प्रकाशित : ७ मंसिर २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह