Logo

मुख्य समाचार

ट्विटर खाता प्रमाणित गर्न अब सुनौलो र खैरो रङको टिक मार्क प्रयोग हुने


GDP नेपाल
   ९ मंसिर २०७९, शुक्रबार


अमेरिकी अर्बपति तथा माइक्रोब्लगिङ साइट ट्विटरका मालिक एलन मस्कले ट्विटर खाता प्रमाणित गर्न अब (ब्लु टिक)नीलोसँगै सुनौलो र खैरो रङको प्रयोग हुने बताएका छन् ।

यसअघि ट्वीटरका भेरिफाइड अकाउन्टमा नीलो टीक मात्र हुने गरेको थियो । मस्कका अनुसार कम्पनीहरूको लागि सुनौलो, सरकारी अकाउन्टमा खैरो र अन्य व्यक्तिहरूका लागि निलो टिक मार्क प्रयोग हुनेछ । टिक मार्क सक्रिय हुनु अघि सबै प्रमाणित खाताहरू म्यानुअल रूपमा प्रमाणीकरण गरिने मस्कले जनाएका छन् ।

यस्तै, कम्पनीले हालसालै घोषणा गरेको नीलो चेक सब्सक्रिप्शन सेवालाई केही समयका लागि रोकेको छ । नक्कली खाताहरू बढेकाले म्यानुअल रूपमा प्रमाणीकरण आवश्यक रहेको जनाउँदै कम्पनीले ब्लू चेक सदस्यता सेवा नोभेम्बरमा पुनः सुरु हुने बताएको छ ।

यसअघि निलो चेक मार्क राजनीतिज्ञ, प्रसिद्ध व्यक्तित्व, पत्रकार र अन्य सार्वजनिक व्यक्तित्वहरूको प्रमाणिकरण खाताहरूको लागि मात्र आरक्षित थियो।

प्रकाशित : ९ मंसिर २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह