काठमाडौं । बिमा प्राधिकरणले लघुबिमा व्यवसायका लागि अनुमतिपत्र (लाइसेन्स) स्वीकृति गरेको छ ।
प्राधिकरणले आइतबार लघु जीवन बिमाका लागि तीन तथा लघु निर्जीमन बिमाका लागि चार कम्पनीको आवेदन स्वीकृत गरेको हो ।
आम निर्वाचन सकिएको र निर्वाचन आचारसंहिता लागू नहुने भएकाले लघुबिमाको लाइसेन्स वितरण गरिएको बिमा प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको सञ्चालक समितिले यसमा वृहत छलफल गरी सातवटा कम्पनीलाई छनोट गरेको हो ।
बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कानुनी प्रक्रिया पूरा गरेर छनोटमा योग्य भएका कम्पनीको आवेदन स्वीकृत गरिएको बताए ।
प्रतिक्रिया