Logo

बिजनेस होम

नेपाल चाइना चेम्बर गण्डकी प्रदेश अध्यक्षमा बाराही ग्रुपका वैभव पौडेल


GDP Nepal
   १२ मंसिर २०७९, सोमबार


पोखरा । नेपाल चीन उद्योग वाणिज्य संघ (नेपाल चाइना चेम्बर)को गण्डकी प्रदेश अध्यक्षमा व्यवसायी वैभव पौडेल मनोनित भएका छन् । संघको विधानअनुसार गण्डकी प्रदेश अध्यक्षमा पौडेललाई मनोनित गरिएको अध्यक्ष त्रिभुवनधर तुलाधरले जानकारी दिए ।

पर्यटन व्यवसायी पौडेल नेपाल युवा उद्यमी मञ्चका पूर्वअध्यक्ष हुन् । उनी होटल बाराही, बाराही हस्पिटालिटी, बिच बार एन्ड लज, ब्यञ्जन रेष्टुरेन्ट, बाराही जंगल लज, बब्स जिम लगायत विभिन्न व्यवसायका सञ्चालक हुन् । पर्यटन र सेवा क्षेत्रमा डेढ दशकको अनुभव रहेका पौडेल रेबान, हान, स्वीमिङ एशोसिएसन लगायतका संघ संस्थामा उत्तिकै सक्रिय रहेका छन् ।

पोखरा लगायत गण्डकी प्रदेशमा फैलँदो चिनियाँ लगानी तथा चिनियाँ पर्यटकको चापलाई दृष्टिगत गर्दै नेपाल चीन उद्योग वाणिज्य संघले पहिलो प्रादेशिक च्याप्टर यसै क्षेत्रमा गठन गरेको हो ।

संघका अध्यक्ष तुलाधरले नेपाल र चीनबीच आर्थिक सामाजिक सम्बन्ध विस्तार गर्ने तथा व्यापार र लगानी सहजीकरण गर्ने संघको मूल उद्देश्य परिपूर्तिका लागि युवा व्यवसायी पौडेलको अध्यक्षतामा रहेको गण्डकी प्रदेश समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् ।

प्रदेश अध्यक्ष पौडेलले संघले प्रदान गरेको जिम्मेवारी निर्वाह गर्दै गण्डकी प्रदेशमा चिनियाँ लगानी आकर्षित गर्ने तथा चिनियाँ पर्यटकको हब बनाउनेतर्फ आपूm केन्द्रित रहने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित : १२ मंसिर २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह