Logo

बैंक / बिमा /शेयर

मंसिर २१ देखि ५ लाख ५४ हजार कित्ता आईपीओ निष्कासन गर्दै बाराही हाइड्रोपावर


GDP नेपाल
   १३ मंसिर २०७९, मंगलबार


बाराही हाइड्रोपावरले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न भएको छ । कम्पनीले मंसिर २१ गतेदेखि ५ लाख ५४ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।

यसअघि आयोजना प्रभावित क्षेत्र बागलुङका बासिन्दाहरुका लागि २ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको थियो । जसमध्ये १ लाख ४६ हजार कित्ता सेयर बाँडफाँट भइसकेको छ। बाँकी रहेको १ लाख ४ हजार कित्ता सेयर र सर्वसाधारणका लागि ४ लाख ५० हजार कित्ता सेयर गरी कूल ५ लाख ५४ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आईपीओमा मंसिर २६ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित : १३ मंसिर २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह