Logo

बैंक / बिमा /शेयर

राष्ट्र बैंकको कारवाहीमा परे ९ वाणिज्य बैंक, बिओकेलाई दुई करोड ११ लाख रूपैयाँ जरिवाना


GDP नेपाल
   १३ मंसिर २०७९, मंगलबार


नेपाल राष्ट्र बैंकले नियम उल्लघंन गर्ने नौ वाणिज्य बैंकलाई कारवाही गरेको छ ।

विपन्न वर्ग कर्जामा तोकिएको सीमा अनुसार लगानी नगरेपछि राष्ट्र बैंकले बैंक अफ काठमाण्डू (बिओके) लाई दुई करोड ११ लाख रूपैयाँ जरिवाना गरेको छ । यस्तै, सम्पत्ति शुद्धिकरणसम्बन्धी ऐनको पालना नगरेको कृषि विकास बैंकले २० लाख रूपैयाँ जरिवाना तिरेको छ ।

त्यस्तै, प्रभु, बिओके, कुमारी, प्राइम कमर्सियल बैंकले रोक्का राख्न भनिएको खाताहरूमा कारोबार गरेपछि प्रमुख कार्यकारी अधिकृतहरूलाई सचेत गराइएको छ ।

हिमालयन, सनराइज, ग्लोबल आइएमई र मेगा बैंकले ऋणीहरूलाई कर्जाको प्रिमियम दरमा परिवर्तन गरेको कारण राष्ट्र बैंकले प्रमुख कार्यकारी अधिकृतहरूलाई सचेत गराएको हो ।

प्रकाशित : १३ मंसिर २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह