आदर्श लघुवित्तको सेयर कारोबार फुकुवा भएको छ ।
नेप्सेले कम्पनीको आधारभूत सेयरधनीबाहेकका सेयरधनीको सेयर कारोबार फुकुवा गरेको हो । डिप्रोक्स लघुवित्तले प्राप्ति गर्ने भएपछि असोज १४ गतेबाट आदर्श लघुवित्तको सेयर कारोबार रोक्का भएको थियो । यी दुई लघुवित्तबीच असोज १४ गते प्राप्ति सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।
हाल डिप्रोक्स लघुवित्तको चुक्ता पुँजी १ अर्ब १५ करोड ६२ लाख ४८ हजार रुपैयाँ रहेको छ भने आदर्श लघुवित्तको २ करोड ७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ ।
प्रतिक्रिया