Logo

बिजनेस होम

आयात प्रतिबन्धविरुद्ध नाडाले गर्‍यो चरणबद्ध आन्दोलनको घोषणा


GDP नेपाल
   १६ मंसिर २०७९, शुक्रबार


नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले विभिन्न माग राख्दै सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ ।

सरकारले विगत आठ महिनादेखि गाडि आयातमा रोक लगाएर अटो व्यवसायलाई नै धरासय बनाउन खोजेको भन्दै नाडाले शुक्रबार पत्रकार सम्मेलनमार्फत चरणबद्ध आन्दोलनको घोषणा गरेको हो ।

 नाडाका अनुसार पहिलो चरणमा (मंसिर २२ गतेसम्म) शान्तिपूर्ण आन्दोलन हुने छ । यस्तै, ५ दिनसम्म कालो व्यानरका साथ सरकारविरुद्ध नारा प्रदर्शन गर्ने र छैटौं दिन (मंसिर २२ गते) दिँउसो ११ देखि २ बजेसम्म शान्तिपूर्ण र्‍यालीसहित धर्ना कार्यक्रम गर्ने जनाइएको छ ।

नाडाले कार, जिप भ्यान लगायत १५० सिसि इन्जिन क्षमता माथिका मोटरसाइकलको आयात फुकुवा गर्नुपर्ने, नगद एलसी मार्जिनको व्यवस्था खारेज गर्नुपर्ने, चालू पुँजी कर्जालाई पुनर्विचार गर्नुपर्ने र बैंकिङ ब्याजदरलाई नियन्त्रण गर्नुपर्ने माग राखेको छ ।

प्रकाशित : १६ मंसिर २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह