Logo

बैंक / बिमा /शेयर

चिलिमे जलविद्युतद्वारा १५ प्रतिशत लाभांश प्रस्ताव


GDP नेपाल
   २१ मंसिर २०७९, बुधबार


चिलिमे जलविद्युत कम्पनीले लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजी ६ अर्ब ७५ करोड १७ लाख ९४ हजार ६७५ रुपैयाँको ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नै नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीको सो प्रस्ताव २२ पुसमा हुने २६ औं वार्षिक साधारणसभाले पारित गर्ने छ । साधारणसभा प्रयोजनको लागि ३ पुसमा सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । जसअनुसार २९ मंसिरसम्म कायम सेयरधनीले कम्पनीको प्रस्तावित लाभांश र साधारणसभामा सहभागि हुन पाउनेछन् ।

कम्पनीको प्रस्तावित लाभांश २६ औं वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।

प्रकाशित : २१ मंसिर २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह