Logo

अर्थनीति

१९ औं हस्तकला व्यापार मेला शुक्रबारदेखि, राष्ट्रपतिले उदघाटन गर्ने


GDP Nepal
   २१ मंसिर २०७९, बुधबार


नेपाल हस्तकला महासंघले शुक्रबारदेखि १९ औं हस्तकला व्यापार मेला आयोजना गर्दैछ । होटेल हायात रिजेन्सी, बौद्ध, काठमाडौंमा हुने १९ औं हस्तकला व्यापार मेला तथा १७ औं हस्तकला प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम तय भएको छ ।

उद्यमी, कलाकार, कालिगढहरुबाट उत्पादित नेपाली हस्तकलाका वस्तुहरुको स्थानीय र अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनमा सहयोग पु¥याउने मेलाको उद्देश्य रहेको महासंघ अध्यक्ष प्रचण्ड शाक्यले बताए ।

अध्यक्ष शाक्यका अनुसार निर्यातयोग्य वस्तु उत्पादन गर्न उद्यमीहरुलाई प्रोत्साहित गर्ने, अन्तर्राष्ट्रिय बजारका आयातकर्ताहरुको चाहना अनुरुप वस्तु डिजाईन र रंग संयोजनका बारेमा उद्यमी व्यवसायीहरुमा जानकारी आदान प्रदान गर्ने मेलाको उद्देश्य रहेको छ ।

मेला आयोजक समितिका संयोजक तथा हस्तकला महासंघका उपाध्यक्ष डिल्लीरत्न तुलाधारका अनुसार स्वदेशी र विदेशी क्रेता तथा विक्रेता बीच एक आपसमा सीप, प्रविधि, डिजाईन र ज्ञानको आदान प्रदान गर्ने आदि यो मेलाको मुख्य उद्देश्य रहेको छ ।

महासंघले मंगलबार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार नेपाली हस्तकला सामानहरुको स्वदेशी तथा अन्तरराष्ट्रिय बजार प्रबद्र्धन, प्रचारप्रसार तथा वस्तुको उजागर गरी निर्यात ब्यापार प्रबद्र्धन गर्ने मेलाको मुख्य उद्देश्य हो ।

यस्तै, नेपाली उद्यमी व्यबसायी र बिदेशी हस्तकला आयातकर्ता बीचमा व्यबसायिक सम्बन्ध बिकास, विदेशी हस्तकला आयातकर्ता र उपभोक्तालाई एकै स्थलमा भेला गराई हस्तकला वस्तुको बजारिकरणमा सहयोग पु¥याउने लक्ष्य राखिएको छ ।

नवोदित उद्यमी ब्यबसायीलाई बजार पहँुचको अवसर प्रदान गर्ने तथा हस्तकला र नेपाली संस्कृति बीचको अन्तर सम्वन्धलाई जनमानसमा उजागर गर्ने मेलाको उद्देश्य रहेको संयोजक तुलाधरले बताए ।
यस्तै, आयात र निर्यात बीचको दुरी घटाई व्यापार घाटा न्यूनिकरण गर्न सहयोग पु¥याउने तथा मेलालाई क्यालेन्डर इभेन्टका रुपमा स्थापित गर्ने लक्ष्य राखिएको छ ।

मेलामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोग रहेको छ भने बागमती प्रदेश सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्वर अफ कमर्श, नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ, ललितपुर उद्योग वाणिज्य संघ, होटल हायात रिजेन्सी, नबिल बैंक लगायतका साझेदार रहेका छन् ।

प्रकाशित : २१ मंसिर २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह