Logo

बैंक / बिमा /शेयर

पुसमा पनि ब्याजदर नघट्ने


GDP नेपाल
   २७ मंसिर २०७९, मंगलबार


वाणिज्य बैंकहरुले पुसमा पनि निक्षेपको ब्याजदर नघटाउने भएका छन् ।

नेपाल बैंकर्स संघको सोमबार बसेको बैठकले ब्यादर नघटाउने निर्णय गर्दै पूरानै दर यथावत राखेको हो । ब्याज बढाएर मात्र निक्षेप नबढ्ने र लागत मात्र बढ्ने भएकाले पुसमा पनि निक्षेपको ब्याजदर स्थिर राखिएको संघले जनाएको छ ।

गत असोजमा औसत १० प्रतिशतका दरले निक्षेपको ब्याजदर बढाएका बैंकहरुले त्यस यता सोही दरलाई निरन्तरता दिँदै आएका छन् । पुसका लागि व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर १२.१३३ प्रतिशत र एक वर्षे संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर १०.१३३ प्रतिशत कायम रहने भएको छ ।

प्रकाशित : २७ मंसिर २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह