Logo

बिजनेस होम

विवेक ओबेरोयले गरे चन्द्रागिरि हिल्सको प्रशंशा


GDP Nepal
   २९ मंसिर २०७९, बिहिबार


काठमाडौं । भारतका चर्चित अभिनेता विवेक ओबेरोयले बिहीबार चन्द्रागिरि हिल्सको भ्रमण गरेका छन् ।

पारिवारिक भ्रमणमा नेपाल आएका विवेक ओबेरोयले भ्रमणका क्रममा भालेश्वर महादेवको दर्शन गर्नुका साथै चन्द्रागिरि हिल्स रिर्सोटमा लन्च गर्दै मनोरम दृष्यहरुको पनि अवलोकान गरे ।

अभिनेता ओबेरोयलाई चन्द्रागिरिमा चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रवन्धक संजिव थापाले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका छन् ।

ओबेरोयले चन्द्रागिरि भ्रमण बारे प्रतिक्रिया दिदै काठमाण्डौको उच्च स्थानमा अत्यन्तै सुन्दर पर्यटकीय गन्तव्यको रुपमा चन्द्रागिरि रहेको बताए ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल, साहसिक खेल तथा पाँच तारे लक्सरी रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

प्रकाशित : २९ मंसिर २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह