Logo

अर्थनीति

नेपालको दुर्गम क्षेत्रको विकास समेटिएको पुस्तक ‘नो माउन्टेन टू हाई’ सार्वजनिक


GDP नेपाल
   १ पुस २०७९, शुक्रबार


काठमाडौं । नेपालकाे दुर्गम क्षेत्रको विकासका विषयलाई समेटेर तयार पारिएको ‘नो माउन्टेन टू हाई’ नामक पुस्तक सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा सम्पन्न एक कार्यक्रमकाबीच जोय फाउन्डेसनका पूर्व अध्यक्ष राजु श्रेष्ठको सहयोगमा सो पुस्तक सार्वजनिक गरिएको हो ।

नेपालमा दिगो विकासका आयोजनालाई सहयोग गर्दै आएको नेपाल अष्टेर्लिया मित्रता संघ क्वीन्सल्याण्ड (नाफा) को सहयोगमा अष्ट्रेलियन नागरीक रड र डेबोराले सो पुस्तक तयार पारेका हुन् ।

कार्यक्रममा नेपालका ग्रामीण क्षेत्रको विकास, शिक्षा र स्वास्थ्य जस्ता आधारभूत कुरामा सहयोग पुर्‍याउँदै आएका लेखकद्वय रड र डेबोरालाई खादासहित सम्मान गरिएको थियो । लेखकका अनुसार धादिङको गंगा जमुना गाउँपालिकाको टावल क्षेत्रमा गरिएको अध्ययनका अनुसार सो पुस्तक तयार पारिएको हो ।

विगत २५ वर्षदेखि नेपालको ग्रामीण विकासमा ऐक्यवद्धता जनाउँदै आएका लेखकद्वय रड र डेबोराले नाफाको सहयोगमा धादिङ जिल्लाकै पहिलो माइक्रो हाइड्रो पावर स्टेशनमा समेत आर्थिक सहयोग जुटाएका थिए ।

यस्तै, उनीहरुले भूकम्पपछि नाफाकै सहयोगमा विद्यालय भवन मर्मत, स्वास्थ्य शिविर, विद्यालयका लागि कम्प्यूटरलगाएत अन्य सामाग्रीहरु उपलब्ध गराएका थिए ।

लेखकद्वय रड र डेबोराले आगामी दिनहरुमा पनि नेपालको ग्रामीण क्षेत्रमा दिगो विकास र स्वास्थ्य-शिक्षालाई थप अघि बढाउन पूर्ण सहयोग गर्ने जनाए ।

प्रकाशित : १ पुस २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह