आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से २७.५४ अंकले घटेर एक हजार ८५५.०६ विन्दुमा पुगेको छ ।
आज सबै उपसमूह राताम्मे भएका छन् । बैंकिङ १९, विकास बैंक ६८, जीवन बीमा ४०, माइक्रोफाइनान्स ५६, निर्जीवन बीमा ६७, अन्य ३२, व्यापार ४, उत्पादन ३८, फाइनान्स ४३, होटल तथा पर्यटन २५, जलविद्युत् ४० र लगानी ०.४९ अंकले घटेको छ ।
आज सबैभन्दा धेरै पिपुल्स हाइड्रोपावर कम्पनी र रुरु जलविद्युत परियोजनाको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज इस्टर्न हाइड्रोपावरको सेयर ९.९९ प्रतिशतले बढेको छ । यस्तै, ग्लोबल आइएमई ब्यालेन्स फन्ड १ को सेयर ९.३५ र धौलागिरी लघुवित्त वित्तिय संस्थाको सेयर ८.२० प्रतिशतले बढेको छ ।
यस दिन २५० कम्पनीको ३७ लाख कित्ता सेयर एक अर्ब १५ करोड रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया