Logo

घुमफिर

अभिनेता विवेक ओवोराय पोखराको आव्या क्लबमा


GDP Nepal
   ५ पुस २०७९, मंगलबार


पोखरा । भारतीय अभिनेता विवेक ओवराय सहित स–परिवार पोखराको घारीपाटनमा रहेको आव्या क्लबमा पुगेका छन् ।
शुक्रबारदेखि पोखराका विभिन्न पर्यटकीय क्षेत्रमा घुमघाममा रहेका ओवराय आव्या क्लबमा पुगेका हुन् ।

क्लबका कार्यकारी निर्देशक किरण केसी र प्रबन्ध निर्देशक निरोज लामाले संयुक्त रुपमा ओवराय सहित स–परिवारलाई स्वागत गरेका थिए ।

ओवरायले क्लबले गरेको आतिथ्यताको प्रशंसा गरे । आव्याले सञ्चालन गरेको फिटनेस, वेलनेस र रिक्रियसनको अवलोकन गर्दै ओवरायले पोखरामा यस्तो फिटनेस र स्वास्थ्यसँग सम्बन्धित क्लबले पर्यटकीय क्षेत्रमा बिशेष योगदान पुर्याउन सक्ने बताए ।

‘पोखरा आफैमा पर्यटकीय हब हो, ओवरायले भने, ‘फिटनेस र स्वास्थ्यलाई मध्यनजर गर्दै संचालनमा ल्याइएको आव्या क्लबले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई ठूलो टेवा दिइरहेको छ ।’

उनले यस क्लब अन्तराष्ट्रिय स्तर सरहकै रहेको र यसले दिएको उत्कृष्ट सेवा सुविधाबाट आफु निकै प्रभावित भएको बताए ।

ओवरायले आफूलाई मार्सी चामलको भात र मुस्ताङी दालको स्वाद निकै मन परेको उल्लेख गरे । उनी सहित स–परिवारले अहिलेसम्मकै उत्कृष्ट नेपाली खानाको वास्तिवक स्वाद लिएको बताए ।

२०७९ साल बैसाख १ गतेबाट सञ्चालमा आएको उक्त कल्बमा बरुण खड्का,रोशन केसी , किरण केसी, प्रकाश केसी, विश्व गौतम, अशोक बहादुर मल्ल र निरोज लामा सञ्चालक समितिमा रहेका छन् ।

प्रकाशित : ५ पुस २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह