‘द नेपाल डिस्टिलरिज’ ४० यूपी सेग्मेन्टको मदिरा उत्पादनमा प्रवेश गरेको छ ।लामो समयदेखि २५ र ३० यूपीको रम तथा मदिरा उत्पादन गर्दै आएको कम्पनीले ४० यूपीको नयाँ उत्पादन ‘कर्दा ट्रिपल एक्स’ बजारमा ल्याएको हो ।
यो ४० यूपी सेगमेन्टमा नेपाली बजारमा उपलब्ध मध्येकै स्तरीय मदिरा रहेको ‘द नेपाल डिस्टीलरिज’का महाप्रबन्धक शुभाष लामिछानेले दाबी गरे ।
‘पछिल्लो समय बढेको आकर्षणलाई सम्बोधन गर्दै कम्पनीले ‘कर्दा ट्रिपल एक्स’ बजारमा ल्याएको हो’ उनले भने ‘यसमा अल्कोहलको मात्रा २५ र ३० यूपीको मदिरामा भन्दा कम हुन्छ, रम फ्लेबरको यो मदिरा तातोपानी वा कोलासँग मिसाएर खान मिल्छ ।ु यो मदिरा ७५० एमएल, ३७५ र १८० एमएलको प्याकेजिङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया