नेपाल टेलिकमले नगद लाभांश घोषणा गरेको छ ।
टेलिकम सञ्चालक समितिले बैठकले सेयरधनीहरुलाई गत वर्षको नाफाबाट ४० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । लाभांश पारित गर्न कम्पनीले पुस २८ गते साधारण सभा डाकेको छ । सभा राष्ट्रिय सभा गृह प्रदर्शनीमार्गमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
यस्तै, सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाबलगायतमा पनि छलफल हुनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते देखि पुस २७ गतेसम्म बुक क्लोज गर्दैछ । तसर्थ, पुस १७ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले सभामा भाग लिन पाउनेछन् ।
प्रतिक्रिया