बैंकको चर्को ब्याजदरविरुद्ध मोरङका उद्योग व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् ।
मोरङ व्यापार संघ, उद्योग संगठन, उद्योग परिसंघलगाएत विभिन्न वस्तुगत संघ संस्थाले नेपाल राष्ट्र बैंक विराटनगर शाखाको मूलगेटमा धर्ना दिएका छन् ।
हातमा प्लेकार्ड सहित धर्नामा सामेल भएका एदोगी व्यवसायीले एकल अंकको ब्याजदर कायम गर्नुपर्ने, चालु पुँजी कर्जा निर्देशिका खारेज गर्नुपर्ने, स्प्रेड दर र संस्थागत दर दई–दुई प्रतिशत कायम गर्नुपर्ने तथा बैंक तथा व्यवसायलाई अलग गर्नुपर्ने माग राखेका छन् ।व्यवसायीहरुका अनुसार साँझ पाँच बजेसम्म धर्ना कार्यक्रम जारी रहने छ ।
प्रतिक्रिया